क्यान्सरबाट आमाबुबा गुमाएकी पलिस्थालाई एमविए अध्ययन गर्न मनिषाले दिइन् छात्रवृत्ति

काठमाडौं : चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले पलिस्था प्रजाप्रतिलाई एमविए अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेकी छन् ।

शुक्रबार मनिषा कोइराला क्यान्सर एडुकेशन फण्ड अन्तर्गत प्रजापतिलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्तिका लागि ग्लोबल कलेज इन्टरनेसनलले सहयोग गरेको हो ।

पलिस्थाका आमाबुबाले क्यान्सर लागेर ज्यान गुमाएका थिए ।

आमाबुबा गुमाएकी पलिस्थालाई छात्रवृत्तिले स्नातकोत्तर अध्ययनका लागि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सन् २०२० नोभेम्बर १२ मा मनिषा कोइराला र ग्लोबल कलेजबीच स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई ५० लाख रुपैयाँसम्मको छात्रवृत्ति दिने उद्धेश्यले कोषको स्थापना गरिएको हो ।

प्रतिक्रिया

TOP