२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विप्लवसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दावी, ‘टेलिभिजनमा सहमतिको भव्य कार्यक्रम देख्नुहुनेछ’
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन १६ आईतवार
  •  
  •  
  •  
  •  

203

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपासँग छिट्टै सहमति हुने दावी गरेका छन्।

उनले विप्लव नेतृत्वको नेकपासँग वार्तामार्फत छिट्टै सहमतिमा पुगिने घोषणा गरेका हुन् ।

आइतबार झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग सहमति हुने बताएका हुन् ।

‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’

सरकारले दुई वर्षअघि हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको थियो । प्रतिवन्धपछि नेकापाका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । उनका अधिकांश केन्द्रीय नेताहरु भने पक्राउ परिसकेका छन् ।

दुई साताअघि विप्लवले विज्ञप्ति जारी गर्दै संवादमार्फत शान्तिपूर्ण राजनीतिमा आउन खोजेको जानकारी गराएका थिए ।

उनले आफ्नो पार्टी संवादका लागि सकारात्मक भएको बताए । विप्लव नेकपाका नेताहरुसँग सरकारले विभिन्न च्यानलबाट अनौपचारिक कुराकानी गर्दै आएको छ ।

भर्खरै