अमेरिकामा जोन्सन एन्ड जोन्सनको कोरोनो खोपलाई अनुमति, एक मात्रा लगाए पुग्ने

अमेरिकी नियामक निकायले तेस्रो कोभिड खोप स्वीकृत गर्दै जोन्सन एन्ड जोन्सनको एक मात्रा लगाए प्रभावकारी हुने खोपलाई अनुमति दिएको छ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले स्वीकृत गरेको सो खोप फाइजर र मोडेर्नाको खोपभन्दा सस्तो एवम् सामान्य चिसो तापक्रममा राख्न सकिने खालको छ।

परीक्षणमा यो खोपले गम्भीर बिरामी हुनबाट बचाउने र समग्रमा ६६ प्रतिशत प्रभावकारी भएको देखिएको छ।

यो खोप बेल्जियमको कम्पनीले निर्माण गरेको हो।

सो कम्पनीले अमेरिकालाई जून महिनाको अन्त्यसम्ममा एक अर्ब मात्रा उपलब्ध गराउने वाचा गरेको छ।

अमेरिकी नागरिकका लागि पहिलो मात्रा खोप अगामी साता उपलब्ध हुने बताइएको छ।

यूके, ईयू र क्यानडाले खोप मगाइसकेका छन् भने कोभ्याक्सले गरिब राष्ट्रहरूका लागि पाँच अर्ब मात्रा मगाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वीकृतिलाई सबै अमेरिकीको लागि खुशीको खबर भन्दै कोभिडविरुद्धको सङ्घर्ष नसकिएको बताए।

उनले एउटा विज्ञप्तिमा भनेका छन्स् ‘हामी आजको समाचारले खुशी भए पनि म सबै अमेरिकलाई हात धोइरहन, सामाजिक दूरी कायम राखिरहन र मास्क लगाइरहन अनुरोध गर्छु।’

बीबीसीबाट साभार

प्रतिक्रिया

TOP