रघुजी पन्तसँग किन रिसाइन कोमल वली ? अदालत जाने चेतावनी

काठमाडौं : राष्ट्रियसभा सदस्य एवं नेकपा ओली समूहकी केन्द्रीय सदस्य कोमल वली अदालत जाने भएकी छन् ।

नेकपा प्रचण्ड- नेपाल समूहका नेता रघुजी पन्तको अभिव्यक्तिविरुद्ध आफू अदालत जाने तयारीमा रहेको सांसद वलीले जानकारी दिइन् ।

नेता पन्तले पार्टीभित्र बर्षाैंदेखि योगदान गरेका महिलाहरु हुँदाहुँदै गायिका कोमल वली विना योगदान सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको अभिव्यक्ति दिएका थिए ।

पन्तले ‘पिडुला उचालेर र पोइल जान पाउँ’ भन्दै गीत गाएर वलीलाई सांसद र केन्द्रीय सदस्य बनाएको अभिव्यक्ति दिएका थिए ।

पन्तको उक्त भनाईप्रति आपत्ति जनाउँदै अदालत जाने निष्कर्शमा पुगेको सांसद ओलीले बताइन् ।

उनले पन्त निच स्वभावको व्यक्ति भन्दै कडा विरोध जनाएकी छन् ।

पन्तलाई नेता मान्नु आफ्नो गल्ती भएको समेत ओलीको भनाई छ ।

‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो?’ कोमल वलीले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन्, ‘के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ।’

नेकपा विभाजनसँगै कोमल वली प्रधानमन्त्री ओलीको समूहमा खुलेकी छन् । उनी प्रधानमन्त्री निकट नेतृ हुन् ।

सांसद बन्नुअघि वली रेडियो नेपालमा सचारवाचिका थिइन् भने लोकगीत क्षेत्रमा स्थापित छन् ।

प्रतिक्रिया

TOP