
काठमाडौं : सुदूर तथा मध्यमश्चिमको चर्चित देउडा गीत ‘राईझुमा’ को नयाँ भर्सन गायिका इन्दिरा जोशीको स्वरमा बजारमा आएको छ ।
ठेट डोटेली भाषामा रहेको पुरानो सदावहार गीत ‘राईझुमा’लाई आधुनिक सांगीतिक प्रविधिको संयोजनसँगै चर्चित गायिका इन्दिराले स्वर दिएकी हुन् ।
गीतलाई इन्दिरा जोशीको स्वरले न्याय गरेको छ ।
यो गीतको गायक यज्ञराज उपाध्याय र गायिका कोमल वली हुन् ।
यार्चागुम्बाले यो बजारमा ल्याएको हो ।
इन्दिराले अबका दश हप्ता पुराना नेपाली गीतलाई आधुनिक प्रविधिको संयोजनकमार्फत बजारमा ल्याउने बताएकी छन् ।
प्रतिक्रिया