
काठमाडौं : नेपाली लोक आधुनिक बजारमा चर्चित गीत हो, ‘जोमसोमै बजारमा, हावा सरर…’। अधिकांश नेपालीको मुखमा यो गीत झुण्डिएकै हुन्छ ।
त्यसमा पनि मुस्ताङ पुग्ने हरकोहीले पनि यो गीत गुनगुनाएकै हुन्छन् ।
तर यो गीतका सर्जक तथा संगीतकार विश्व थकालीको मृत्यु भएको छ ।
उनको अमेरिकामा हृदयघातबाट मृत्यु भएको हो ।
५२ वर्षको उमेरमा थकालीको निधन भएको हो। उनका धर्मपत्नी सहित २ छोरा छन्।
थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो।
जोमसोममा मध्यान्ह निकै बेगको हावा चल्ने गरेकाले उनले त्यसैलाई गीतमा उतारेका हुन् ।
जोमसोमै बजारको गीतमार्फत जोमसोमलाई मात्र नभएर मुस्ताङलाई नै चिनाउन सर्जक थकालीको ठूलो योगदान थियो।
उनले केही समय नेपथ्य ब्याण्डमा आवद्ध भएर पनि काम गरेका थिए ।
प्रतिक्रिया