बुधबार, मंसिर २२ २०७८

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

राखेप सदस्य सचिव सिलवाल बर्खास्त


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए ।

सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए । दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट