बुधबार, मंसिर २२ २०७८

छात्रालाई बलात्कार गरेको आरोपमा हेडमास्टरसहित दुई शिक्षिका पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा हेडमास्टरसहित दुई शिक्षिका पक्राउ


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

एजेन्सी : घटनाको नौं दिनमा एफआईआर दर्ता भएपछि, प्रहरीले हेडमास्टरलाई अलवरस्थित उनको घरबाट गिरफ्तार गर्यो। यससँगै,  प्रहरीले दुई शिक्षिकहरुलाई पनि गिरफ्तार गरेको छ, उनीहरुमाथि विद्यार्थीलाई धम्की दिने र उनको मोबाइल च्याट मेटाउने आरोपमा लागेकाे छ।

१३ अक्टूबरको अन्त्यतिर बाल हेल्पलाइनमा फोन गरी एक छात्राबाट बलात्कारको उजुरी प्राप्त भएको थियो। यो फोन पीडितको घरबाट गरिएको थियो।

भोलिपल्ट बिहान, बाल हेल्पलाइनको स्थानीय महिला टीम घर पुग्यो र त्यस पछि पीडितलाई जिल्ला बाल कल्याण समितिमा परामर्श दिइयो।

आरोपित (प्रधानाध्यापक) केशव यादव सिंघानालाई प्रहरी चाैकीमा मुद्दा दर्ता भएपछि उही रात अलवरमा उनको घर बाट गिरफ्तार गरियो।

प्रधानाध्यापक लामो समयदेखि परेशान गरिरहेका थिए  छात्रालाई

बाल सशक्तिकरण विभागकी सहायक निर्देशक प्रीती चौधरीले बीबीसीलाई भनिन्, “उनी लामो समयदेखि छात्रालाई दुर्व्यवहार गरिरहेकी थिइन्। घटना भएदेखि ती छात्रा डराएकी थिइन् र स्कुल बिदाको बहानामा स्कूल जाँदैन थिइन्।”

ती छात्राले घटनाबारे आफ्नो नाता पर्ने भाइलाई बताइन्। त्यसपछि उनले आफ्नी आमालाई सम्पूर्ण घटनाबारे जानकारी गराए। तर परिवारले इज्जत जाने डरले पुलिसमा उजुरी गर्न चाहेन।

सहायक निर्देशक चौधरी भन्छन्, ‘उनले स्कूलको किताबमा लेखिएको बालक हेल्पलाइनको नम्बरमा फोन गरी घटनाको बारेमा जानकारी गराए। त्यसपछि यो मुद्दा बाहिर आयो र जिल्ला बाल कल्याण समितिमा पुग्यो।’

जिल्ला बाल कल्याण समितिका अध्यक्ष अर्चना चौधरी भन्छिन्, “ती छात्रा लामो समयदेखि मानसिक रुपमा विचलित भइरहेकी थिइन्। उनी शारीरिक रुपमा पनि सानो छिन्।”

उनी थप्दै भन्छिन्, “हामीले छात्राकाे माेबाइलमा प्रधानाध्यापकको कुराकानी देख्यौं, यसले प्रमाणित गर्दछ कि कसरी छात्रालाई लामो समयसम्म उत्पीडन गरियो।”

समितिका अध्यक्ष चौधरी, जसले पीडितसँग कुरा गरिन् र उसको हातको नोट लिएकी छिन्, भन्छिन्, “छात्राले पहिले दुई महिला शिक्षकलाई सम्पूर्ण घटनाको बारेमा बताइन्, तर उनीहरुले छात्रालाई कुनै सहयोग गरेनन्। ”

छात्रालाई सहयोग गर्नुको सट्टा शिक्षिकाहरुले उनलाई उल्टो धम्की दिएकाे कुरा चाैधरीले सुनाइन् ।

शिक्षक आफ्नै घर अलवरबाट पक्राउ

यस घटनामा बुहानाका डेप्युटी एसपी ज्ञान सिंहले बीबीसीलाई भने, ‘सिंघाना थाना क्षेत्रको एक सरकारी विद्यालयमा शिक्षकमाथि एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोप छ। हामीले आरोपी शिक्षक केशव यादवलाई अलवरस्थित उनको घरबाट गिरफ्तार गरेका छौं।’

डेप्युटी एसपीका अनुसार आरोपी शिक्षकविरुद्ध POCSO ऐन, IPC को धारा ३६, ३५४, ३४२ सहित सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उनले भने, “घटना अक्टुबर ५ मा भएकाे हाे। १४ मा मुद्दा दर्ता गरिएको छ र मुद्दाको गम्भीरतालाई ध्यानमा राखी आरोपी शिक्षकलाई गिरफ्तार गरिएको छ।”

स्कुलकी दुई महिला शिक्षकहरुलाई पीडितको फोनबाट च्याट डिलीट गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे डेप्युटी एसपी सिंहले बताए । यो घटनापछि ती छात्राकाे मेडिकल गरिएको छ ।

प्रधानध्यापकसहित दुई शिक्षिका निलम्बित

यस घटनापछि, अक्टोबर १६ मा जिल्ला कलेक्टर, जिल्ला प्रहरी प्रमुख, मुख्य जिल्ला शिक्षा अधिकारी, सहायक जिल्ला शिक्षा अधिकारी र मुख्य ब्लक शिक्षा अधिकारी स्कूल गएका थिए।

झुंझुनुका मुख्य जिल्ला शिक्षा अधिकारी (सीडीईओ) ले बीबीसीलाई भने कि स्कूलमा बलात्कार काण्डका मुख्य शिक्षक केशव यादवसहित पाँच शिक्षक निलम्बित छन्।

“दुई महिला शिक्षकहरु, जसलाई च्याट मेटाउने र विद्यार्थीले भनिरहे पनि कारबाही नगरेको आरोप लगाइएको छ, निलम्बन गरिएको छ,” उनले भने।

पछि यी दुबै महिला शिक्षकहरु पनि पक्राउ परे। सिंघाना पुलिस स्टेशनका अधिकारी भजना रामले भने, “मुख्य अभियुक्त केशव यादवलाई मुद्दा दर्ता भएपछि मात्र गिरफ्तार गरियो। अक्टोबर १ मा पीडित महिलाको फोनबाट अभियुक्तको च्याट डिलिट गरेको आरोपमा दुवै महिला शिक्षिकाहरुलाई पनि गिरफ्तार गरिएको छ। ”

भारतमा सबैभन्दा बढी बलात्कारको घटना राजस्थानमा

३१ वर्षीय केशव यादव, स्कुलमा नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा अलवरको भिवाडी निवासी हुन्।

सामाजिक कार्यकर्ता रञ्जन चौधरी, विद्यालय परिसरमा एक छात्राको बलात्कारको घटनाको बारेमा भन्छन्, “मानसिक रूपबाट विकृत मानिसहरु यस्तो घटनाहरु गर्छन्।

राजस्थान राज्य बाल संरक्षण आयोगकी अध्यक्ष संगिता बेनिवालले यस मुद्दाको गम्भीरतालाई ध्यानमा राखी सोमबार आयोगको आवश्यक बैठक बोलाएकी छन्। उनी पीडित परिवारलाई भेट्न पनि जान्छिन्।

बेनीवाल भन्छिन्, “हामी स्कूलमा छात्राहरुलाई कसरी संवेदनशील बनाउन सकिन्छ, काउन्सिलि गर्न सक्छौं र हामी बच्चाहरुलाई जागरुक बनाउन स्कूलहरुमा कार्यशालाहरु पनि आयोजना गर्नेछौं।”

पछिल्ला केही वर्षहरुमा राजस्थानमा बलात्कारको घटनाहरु अगाडि आउँदैछन्। एनसीआरबीको तथ्यांकअनुसार राजस्थानमा २०२० मा सबैभन्दा धेरै बलात्कारको घटना भएको छ।

पछिल्लो समय विद्यालयहरुमा छात्राहरुसँग हुने घटनाहरु पनि बढ्दै गएका छन्। भर्खरै, जयपुरको एक निजी विद्यालयका एक शिक्षक छात्रालाई अश्लिल सन्देश पठाउने र उनीहरुलाई विद्यालय बाहिर भेट्न बाध्य पारेको आरोपमा पक्राउ गरिएको छ। बीबीसी हिन्दिबाट साभार


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट