बुधबार, मंसिर २२ २०७८

नेपालमा कोरोना : थप ५ सय ९१ जनामा संक्रमण पुष्टि, कति भए निको ?

नेपालमा कोरोना : थप ५ सय ९१ जनामा संक्रमण पुष्टि, कति भए निको ?


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौँ । नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६ सय ५४ पिसिआर परीक्षणका क्रममा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ९ सय ३६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हाल ११ हजार ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशनमा र २२९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट