बुधबार, मंसिर २२ २०७८

कैदी नम्बर ‘N९५६’ : आर्यन खानलाई स्पेशल ब्यारेकमा शिफ्ट गर्दै बढाइयो सुरक्षा

कैदी नम्बर ‘N९५६’ : आर्यन खानलाई स्पेशल ब्यारेकमा शिफ्ट गर्दै बढाइयो सुरक्षा


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौं । ड्रग्स मुद्दामा बलिउड स्टार शाहरुख खानको छोरा आर्यन खान मुम्बाईकाे आर्थर रोड जेलमा रहेका छन्।

आर्यनको परीक्षण नम्बर ‘N९५६’ हो। जेलमा एक विचाराधीन कैदीलाई उसको नामले होइन उसको नम्बरले बोलाइने गरिन्छ । आर्यन जेलमा सामान्य कैदीहरु जस्तै बसिरहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार आर्यन जेलमा सामान्य कैदीहरु भन्दा धेरै सुविधाहरु प्राप्त गर्दैछन्। आर्थर रोड जेलमा रहेका आर्यनको सुरक्षा बढाइएको छ। आर्यनलाई अन्य कैदीहरु भन्दा अलग एक विशेष ब्यारेकमा राखिएको छ। उनलाई क्रुज ड्रग्सका बाँकी अभियुक्तहरुलाई भेट्न दिइएको छैन।

आर्यन खानले घरबाट ४५०० रुपैयाँको मनी अर्डर प्राप्त गरेका छन्, उनले उक्त पैसा खाना र आफ्नो मनपर्ने चीजहरु क्यान्टिनबाट किनिरहेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट