बुधबार, मंसिर २२ २०७८

केपी ओलीमाथि मन्त्री झाँक्रीकाे कटाक्ष : ‘हावा गफ गर्नुभयो’

केपी ओलीमाथि मन्त्री झाँक्रीकाे कटाक्ष : ‘हावा गफ गर्नुभयो’


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

पाल्पा : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको पक्षमा काम गर्ने मौका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस्तो कसैले नपाएको दाबी गर्दै उनी त्यसमा असफल भएको बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया सुरु भएको बताइन् ।

आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको उनको भनाइ थियो । ओलीतर्फ इंकित गर्दै उनले अगाडि भनिन्, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

केपी ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेको उनले आरोप लगाइन् । उनले अहिलेको परिस्थिति निर्माणको सह-उत्पादक नै केपी ओली रहेको बताइन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट