बुधबार, मंसिर २२ २०७८

नुवाकोट बस दुर्घटना अपडेट: एकको मृत्यु

नुवाकोट बस दुर्घटना अपडेट: एकको मृत्यु


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

नुवाकोट : किस्पाङ गाउँपालिका–५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको निधन भएको छ ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

सोमबार बिहान किस्पाङ १ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते मध्ये नौ जना काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको छ । बसमा झन्डै ५० यात्रु थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट