२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
आमाको प्रेरणाबाट समाज सेवा गर्न अञ्जुले रोजेको नर्सिङ पेशा
सिर्जना खत्री
२०७७ फाल्गुन १६ आईतवार
  •  
  •  
  •  
  •  

585

काठमाडौं : काठमाडौंमा जन्मिएकी अञ्जु ढुंगेललाई सानैदेखि सामाजिक कार्यमा रुचि थियो । अञ्जुलाई सामाजिक काममा रुची बढ्नुका पछाडि उनकी आमाको ठूलो देन छ ।

आमा माया ढुंगेल सामाजिक कार्यमा निकै सक्रिय थिइन् । आमाले एकल महिलालाई सहयोग गर्न अनाथालय (अर्फन )होम संचालन गर्दै आएकी थिइन् ।

त्यो संस्थाले विशेषगरी एकल महिला र उनीहरुका बच्चाको हेरचार र शिक्षा दिने काम गर्छ । सानैदेखि आमाको सामाजिक कार्य हेरेर हुर्किएकी अञ्जुलाई पनि समाज सेवाको भाव बढ्दै गयो ।

उनी विद्यायलमा विदा हुनेवित्तिकै आमासँगै विभिन्न कार्यक्रममा पुग्थिन् । आमा र आमाका साथीहरुको काम हेर्थिन् । अनि अञ्जु आफूले सक्ने सहयोग गर्थिन ।

उनी सानैदेखि कसैको दुख देख्न सक्दिनन् । कसैले दुख पाएको थाहा पाइन् कि सहयोग गर्न अघि बढ्थिन् ।

उनि भन्छिन्, ‘ममीले संचालन गर्दै आएको संस्थाले बिहान–बेलुका काम गरेर छाक टार्न गाह्रो हुने परिवारका बच्चाहरुलाई शिक्षा दिने गर्छ ।’

उनी थप्छिन्, ‘सस्थाले काठमाडौंको वडा नम्बर १८ का सबै टोलहरुमा कार्यक्रम संचालन गर्ने गर्छ । संस्थाले विभिन्न जिल्लामा पुगेर कार्यकम संचालन गर्ने गर्छ । स्कुल विदा भएको मौका पारेर म पनि ममीको संस्थामा पुग्थे र आफूले पनि सकेको सहयोग गर्थे।’

आमाले सञ्चालन गरेको सामाजिक संस्था अहिले पनि छ । प्रत्यक्ष सहयोग आधारशीलाले अहिले पनि सामाजिक काम गर्दै आएको छ ।

न्यूरोडको धोसेमा रहेको बालसेवा माध्यमिक विद्यालयबाट विद्यालय तहको पढाई सकिना साथ अञ्जुले आमाले संचालन गरेको संस्थामा काम गरिन्।

जहाँ उनलाई प्रत्यक्ष रुपमा सामाजिक काम गर्ने मौका मिल्यो। त्यतिबेला उनी काठमाडौं बाहिरका विभिन्न जिल्ला पुगेर सामाजिक काममा पनि उत्तिकै सक्रिय हुन थालिन्।

साथै संस्थाले टोल वरिपरिका मन्दिरमा माग्न बस्नेलाई खाना खुवाउने कार्यक्रम गथ्र्यो। त्यहाँ बसेका मानिसको पारिवारिक अवस्था निकै कमजोर थियो । अञ्जु उनीहरुका समस्याहरु बुझ्ने प्रयास गर्थिन् ।

उनि भन्छिन्, ‘कसैको शरीरभर घाउ नै घाउ हुने । कोही दीर्घ रोगी । उहाँहरुको त्यस्तो अवस्था देख्दा निकै दुख लाग्थ्यो । मन दुख्थ्यो । रुन मन लाग्ने ।’

अञ्जु ति असहाय र पीडितका लागि मल्हम बन्ने प्रयास गर्थिन् । आफूले जाने अनुसारको मल्हम पट्टी लगाइदिन्थिन् । त्यतिबेला उनलाई लाग्यो कि ‘म नर्स भइदिएको भए मैले यिनिहरुलाई अझै धेरै सहयोग गर्न सक्थे ।’

आमाले पनि बेसहारा र गरिव दीनदुखीको सहयोग गर्न सधैं प्रेरित गर्थिन् । र उत्तिकै हौसला पनि दिन्थिन् ।

समाज सेवा गर्ने र गरिव बेसहारालाई सहयोग गर्ने हुटहुटी उनको मनमा बढ्दै गएको थियो । जसका कारण व्यवस्थापन विषय लिएर प्रविणता प्रमाणपत्र पढेको भएपनि उनले त्यसलाई चटक्कै छोडेर नर्सिङ पेशा रोजिन् ।

‘जसको सहारा छैन, गरिव छ, असहाय छ, त्यस्ता मानिसको सहयोग गर्न नर्स बनेको हुँ म । म्यानेजमेन्ट पढ्दै थिए । सामाजिक सेवामा काम गर्ने मन धेरै थियो । त्यसैले नर्सिङ विषय रोजे । अहिले पनि सेवा गर्दै छु । मलाई दुख पाएका मानिसहरुलाई सेवा गर्दा खुुसी मिल्छ,’ उनले नर्सिङ पेसा रोज्नुको कारण खुलाइन् ।

उनले सन् २००७ मा नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीबाट पिसिएल नर्सिङ गरेकी हुन् ।

नर्सिङ पास गरेको भोलिपल्ट देखि उनी एउटा प्रोजेक्टमा आवद्ध भएर गाउँगाउँमा सेवा गर्न गइन् ।
त्यसपछि केही समय उनले पढाउन थालिन् । बिएन गरिसकेपछि उनले पिसिएल तहका विद्यार्थीलाई पढाउन थालिन् ।

अहिले आफूले पठाएका विद्यार्थीहरु विभिन्न ठाउँमा राम्रो काम गरेको देख्दा उनलाई आनन्द महशुस हुन्छ ।

केही समय पिसिएल तहमा पढाइसकेपछि अञ्जुलाई फेरी महिलासँग नजिक रहेर काम गर्न मन लाग्यो। त्यो बेलामा गाइनो वार्डमा काम गर्न स्पेसल ३ महिने ‘स्कील बर्थ एटेन्डेन्ट तालिम’ लिनुपथ्र्याे ।

‘त्यो तालिमपछि मात्र थापाथली अस्पतालमा काम गर्न पाईन्थ्यो, मैले तालिम लिए,’ उनले सुनाइन् ।

नाइट सुपरभाइजर भएर अञ्जुले थापाथली अस्पतालमा ४ वर्ष काम गरिन् । थापाथलीमा महिलाको नजिक भएर उनीहरुको सेवा गर्न पाउँदा आफूलाई निकै सन्तुष्ट महशुस भएको अञ्जु बताउँछिन् ।

विगत तीन वर्ष देखि उनी ब्लु क्रस अस्पतालमा नर्सिङ सुपरभाइजर भएर कार्यरत छिन् । अञ्जुलाई नर्सिङ पेशा सुरु गरेकै दिन अब सेवा गर्न पाइने भयो भनेर रमाइलो लागेको थियो ।

‘सुरुमा एक्सपोज हुँदा हामीलाई जे पढाउनु भएको थियो त्यही कुरा प्राक्टिकल्ली गर्नुपथ्र्याे । सामान्य कुरा सुपरभाइजरको निगरानीमा गर्न लगाउथे । मलाई रमाइलो लाग्थ्यो,’ उनले सुरुको दिन सम्झिन् ।

पढाईको सिलसिलामा अस्पतालमा प्राक्टिकल गर्न जाँँदा पहिलो दिन नै एक जना विष खाएका युवाको हेरचार गर्ने जिम्मा पाइन् अञ्जुले । बिरामीको अवस्था निकै नाजुक थियो । पछि उनको मृत्यु भयो ।

नर्स, डाक्टरले विरामीको पीडा देखेर रुनु हुँदैन, इमोशनल हुनुहुँदैन भनेर त पढाइन्छ, तर व्यवहारमा कहाँ सजिलो छ र ? मान्छेको मन न हो । अञ्जु ति युवाका आफन्तसँगै रोइन् । अहिले पनि त्यो घटनाको याद आउँछ, अञ्जुलाई ।

उनी नर्सिङ पेसामा आवद्ध भएको पनि १४ वर्ष भसकेको छ । यो बीचमा उनले विभिन्न ठाउँमा गएर बिरामीको सेवा गरिन् । काम गर्दै जाँदा थुप्रै अनुभव छन् उनीसँग । ति मध्ये केही अनुभव नेपालमञ्चसँग साटेकी छन् ।

‘पोजेक्टमा काम गर्ने बेलामा हाम्रो टीम विभिन्न जिल्लामा पुग्ने गथ्र्याे । हेल्थ क्याम्पमा महिलाहरु आफ्ना समस्या लिएर धेरै आउँथे । उनीहरु जस्तोसुकै समस्या भएको भएपनि आफ्नो टाउको दुखेकोले आएको भन्दै ब्लडप्रेसर नापेर, भिटामिन दिन आग्रह गर्थे ।’

क्याम्पमा आउने महिलाका कुरा सुनाउँदै अञ्जु भन्छिन्, ‘महिलाहरु आफ्नो समस्या बताउन हिचकिचाउथे। बिस्तारै उनीहरुसँग कुरा गर्दै जाँदा थुप्रै समस्या हुन्थे । प्राय महिलाहरुको पाठेघर खस्ने समस्या हुन्थ्यो तर त्यो पाठेघर खस्नु भनेको उनीहरुलाई सामान्य लाग्थ्यो । यसको उपचार हुन्छ भन्दा उनीहरु पत्याउँदैन थिए । उनीहरु जाँच गर्न पनि नमान्ने ।’

ग्रामिण सरकारले महिलालाई अस्पताल वा हेल्थपोष्ट पिएसीमा गएर जाँच गरेवापत पैसा दिन्छ । त्यही पनि महिलाहरुमा चेतना नै छैन,’ अञ्जु भन्छिन्, ‘आफ्नो स्वास्थ्यको ख्याल राख्दैनन् । सरकारले महिलाका लागि काम गरेको भनेपनि अझै चेतना जगाउन सकेको छैन ।’

भेगका महिलामा पाठेघर खस्ने समस्या धेरै थियो । अञ्जु र उनको टिमले ति महिलाहरुलाई फकाएर थापाथली प्रसुतीगृहसम्म ल्याउथे । र निको बनाएर घर पठाउँथे ।

यस्तै एउटा घटना अहिले पनि अञ्जुले सम्झिन्छन् । ‘काभ्रेको एउटा क्याम्पमा टाउको दुख्यो भनेर एक जना दिदी आउनु भयो । तपाईलाई के–के समस्या छ भनेर सोध्दा उहाँका ९ जना बच्चा रहेछन् ।

सबै बच्चालाई घरमै जन्म दिएकी रहेछिन् । हामीले पाठ्यघर जाँच गर्न खोज्यौं । देखाउन नै मान्नु भएन । मेरो ब्लडप्रेसर हेरेर भिटामिन दिनुस् भन्नुहुन्छ ।’

अञ्जुको टीमले सम्झाएर फकाएर जाँच्दा उनको पाठेघरमा अल्सर भएको पाइयो । ‘हामीले उपचार गर्नुपर्छ भन्यौं तर उहाँले त यो सामान्य हो । गाउँमा सबैको हुन्छ भनेर सहजै उत्तर दिनुभयो,’ अञ्जुले सुनाइन्, ‘उहाँका परिवार कसैलाई पनि थाहा रहेनछ । हामीले परिवारलाई सम्झाएर थापाथली अस्पतालमा ल्याई उपचार गरेर निको गराएर पठाएका थियौँ । घर जाने बेलामा उहाँ निकै खुसी हुनुभयो । र हामीलाई आर्शिवाद दिनुभयो ।’

गाउँमा विभिन्न समस्या लुकाएर बसेका धेरै महिलालाई अञ्जु र उनको टीमले थापाथली अस्पताल पु¥याएर उपचार गरेको छ ।

निको भएर घर फर्किने बेलामा महिलाहरुको मुहारमा बेग्लै किसिमको खुसी हुन्थ्यो । उनीहरुको मुहार खुसी देख्दा अञ्जुलाई आफू नर्स भएर सेवा गर्न पाउँदा गर्व महशुस हुने गरेको बताउँछिन्।

अञ्जुले अर्काे घटना पनि सुनाइन् । प्रसुतीमा काम गर्दा इमजेन्र्सीमा रामेछापबाट एक जना जना गर्भवति आएकी थिइन । अस्पतालमा आउदा ति महिलाको अचेत थिइन ।

उनको ब्लड प्रेसर निकै हाइ थियो । उनले एकपटक पनि हेल्थपोष्ट वा पिएसीमा जाँच गराएकी थिइनन् । ति महिलाको अवस्था निकै नाजुक थियो । औषधि दिएर प्रेसर घटाएपछि अस्पतालले उनको शल्यक्रिया गरेर उनी र बच्चालाई बचायो ।

‘सरकारले महिलालाई अस्पताल वा हेल्थपोष्ट पिएसीमा गएर जाँच गरेवापत पैसा दिन्छ । त्यही पनि महिलाहरुमा चेतना नै छैन,’ अञ्जु भन्छिन्, ‘आफ्नो स्वास्थ्यको ख्याल राख्दैनन् । सरकारले महिलाका लागि काम गरेको भनेपनि अझै चेतना जगाउन सकेको छैन ।’

अहिले उनी अस्पतालमा नर्सिङ प्रमुख भएर काम गर्दैछन् । उनको विचारमा नर्स भनेको अस्पतालको पुल हो । त्यसमाथि पनि प्रमुख भएर काम गर्नु थप चूनौतिपूर्ण काम हो ।

‘नर्सले अस्पताल र बिरामीबीचमा पुलको काम गर्ने गर्दछन् । त्यसमा पनि नर्सिङ प्रमुख भएर काम गर्नु निकै चुनौतिपूर्ण काम हो,’ उनले जिम्मेवार पदमा बस्नुको गाह्रो सुनाउँदै भनिन्, ‘यता म्यानेजमेन्टको प्रोटोकलमा बसेर आफ्नो स्टार्फको हकहीत सोचेर काम गर्न सजिलो छैन ।’

भर्खरै