बुधबार, मंसिर २२ २०७८

स्थापनाको दुई वर्षसम्म पनि कार्यादेश पाएन चौरजहारीको यातायात व्यवस्था कार्यालयले

स्थापनाको दुई वर्षसम्म पनि कार्यादेश पाएन चौरजहारीको यातायात व्यवस्था कार्यालयले


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

सुर्खेत : रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन । २६ भदौ ०७६ मा स्थापना भएको यो कार्यालयले सन्चालनसम्बन्धी कार्यादेश नपाउँदा कामविहिन बनेको हो ।

यातातात सेवा कार्यालयबाट काम नहुँदा सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज पुग्न बाध्य छन् । निमित्त प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार कार्यालयलाई कार्यादेश आएको छैन । ‘दिनभरी कार्यालयमा आएर बस्नुबाहेक अरु केही काम छैन्,’ उनले भने, ‘कार्यालय आयो तलब खायो, यस्तै भइरहेको छ ।’

कार्यादेशका लागि कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा पटकपटक आग्रह गरे पनि बेवास्ता भएको कार्यालय प्रमुख रेग्मीको गुनासो छ ।

‘कार्यालयमा उपसचिवसहित एकएक प्रशासन अधिकृत, लेखा अधिकृत, दुईजना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ,’ उनले भने, ‘हाल कार्यालयमा एकएक जना लेखा अधिकृत, कम्प्युटर अपरेटर र सहयोगी मात्रै छन् ।’


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट