बुधबार, मंसिर २२ २०७८

साफ च्याम्पियनसिपमा किन हार्‍याे नेपाल, कप्तान चेम्जोङले खुलाए यस्ताे कारण

साफ च्याम्पियनसिपमा किन हार्‍याे नेपाल, कप्तान चेम्जोङले खुलाए यस्ताे कारण


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौं : नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताएका छन् ।

माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले टोलीमा युवा जोस भएकाले आगामी दिनमा यो टोलीले नेपाली फुटबलमा अझै राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदा उपविजेतामा चित्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

प्रतियोगितामा उपविजेता बनेको टोली आज स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट