बुधबार, मंसिर २२ २०७८

केरलामा बाढीबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

केरलामा बाढीबाट मृत्यु हुनेको संख्या २६ पुग्यो


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

एजेन्सी : भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

वाढीमा कम्तिमा ११ जना हराइरहेका छन्। बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् ।

बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् भने पहिरोमा फसेका मानिसलाई राहत सामग्री पु-याउन हेलिकप्टर परिचालन गरिएको छ । कोटायाम जिल्लामा एउटा यात्रुवाहक बस डुब्दा यात्रुहरूलाई उद्धार गरेको भिडियो भाइरल बनेको छ ।

सन् २०१८ मा केरलामा परेको भीषण बर्षापछिको पहिरोमा चार सय जनाको मृत्यु भएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट