बुधबार, मंसिर २२ २०७८

काठमाडाैं उपत्यकामा आजदेखि नयाँ भाडादर लागू, कहाँ जान कति तिर्नुपर्छ ?

काठमाडाैं उपत्यकामा आजदेखि नयाँ भाडादर लागू, कहाँ जान कति तिर्नुपर्छ ?


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

काठमाडौं : बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।

यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा २३ प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट