बुधबार, मंसिर २२ २०७८

हेइटीमा अमेरिकी धर्म प्रचारक समूह अपहरणमा

हेइटीमा अमेरिकी धर्म प्रचारक समूह अपहरणमा


Nepal Manch
कार्तिक १ २०७८, सोमबार

एजेन्सी : अमेरिकाको धर्म प्रचारक समूह र उनीहरुको परिवारलाई हेइटीको राजधानी पोर्ट अउ प्रिन्स नजिकै एउटा सशस्त्र समूहले अपहरण गरेको छ ।

एउटा अनाथलयको भ्रमण सकेर फर्किने क्रममा कम्तिमा १५ जनालाई बसबाट ओरालेर समूहले बन्धक बनाएको हो । अपहरणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन् ।

हेइटीमा विश्वमै सबैभन्दा बढी अपरहण हुने गरेको छ । दण्डहिनताको फाइदा उठाएर ठूला समूहले मानिसलाई अपहरण गरेर फिरौती रकम माग्छन् ।

जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि प्रतिद्वन्दी समूहमा शक्ति हत्याउने होड चलेको छ । । सुरक्षाको अभावमा अधिकांश नागरिकलाई ज्यान जोगाउनै हम्मे हुने गरेको छ ।

क्रोइस डेस बक्युट सहरबाट गाडिमा चढ्ने वित्तिकै किश्चियन धर्म प्रचारक समूहलाई बन्दूकधारीले नियन्त्रणमा लिएका थिए ।

हेइटीका न्याय मन्त्री र त्यहाँको प्रहरीले घटनाबारे कुनै टिप्पणी गरेका छैनन् । आफ्ना नागरिकको अपहरणबारे अमेरिकी सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।

तर, अमेरिकी विदेशमन्त्रालयले देशबाहिर अमेरिकी नागरिकको सुरक्षा अमेरिकाका लागि उच्च प्राथमिकता भएको जनाएको छ ।

अमेरिकी संस्था क्रिश्चियन एड मिनिस्ट्रिजले हेइटीमा रहेका धार्मिक समूहलाई विशेष प्रार्थना भन्दै श्रब्य सन्देश पठाएको थियो । अपहरणमा परेका व्यक्तिको सहयोगका लागि समूहले हेइटीस्थित दूताबाससँग सहकार्य गरेको जनाइएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट