
काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै दलहरुलाई आत्मसमिक्षा गरेर अगाडि बढ्न सुझाव दिएका छन् । उनले नेकपाका दुबै पक्षलाई जिम्मेवार बन्न पनि आग्रह गरे ।
संसद पुन स्थापनापछि पनि नेकपाको एउटा समूह फेरी विघटनतिर र अर्काे समूह सांसदको टाउको गन्ने खेलतिर लाग्नु विडम्बना भएको उनको भनाई छ ।
‘आइन्सटाइन भन्थे – पुरानै कुरा दोहोर्याउनु अनि नयॉ परिणाम खोज्नु पागलपन हो ! संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ,’ उनले शनिबार राति ट्वीटरमा लेखेका छन्, ‘सबैले आत्मसमीक्षा गर्ने कि !’
प्रतिक्रिया