सम्पूर्ण शैक्षिक प्रमाणपत्र अब डडेल्धुराबाटै, सात वटै पहाडी जिल्लाका विद्यार्थीलाई राहत

डडेल्धुरा : अबदेखि सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु डडेल्धुराबाटै पाइने भएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थीले अब डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र, सर्टिफिकेट पाउने भएका हुन् ।

विद्यार्थीले अबदेखी विद्यार्थीहरुले डडेल्धुरामा रहेको राष्ट्रिय परिक्षा बोर्डको कार्यालयबाट सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु पाउने भएका हुन् ।

सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मुख्य केन्द्र डडेल्धुरा रहेको राष्ट्रिय परिक्षा बोर्डको कार्यालय डडेल्धुराबाट ट्रान्सकिप्ट, माईग्रेसन र प्रोभिजनल सर्टिफिकेट दिन सुरु गरिएको छ ।

यसभन्दा पहिले बिद्यार्र्थीले धनगढीमा रहेको परिक्षा बोर्डको कार्यालयबाट सर्टिफिकेट पाउने व्यवस्था थियो ।

२०७१ सालमा डडेल्धुरामा राष्ट्रिय परिक्षा बोर्डको कार्यालय स्थापना भएको थियो ।

स्थापनाको सात बर्ष पछि बिद्यार्थीलाई सर्टिफिकेट दिन शुरु गरिएको छ ।

अब बिद्यार्थी एवं बिद्यालयहरुले कैलालीको धनगढीबाट बिद्यार्थीका सर्टिफिकेट ल्याउनु पर्ने बाध्यताको अन्त्य भएको कार्यालय प्रमुख नारतप्रसाद जोशीले बताए ।

राष्ट्रिय परिक्षा बोर्डको कार्यालय डडेल्धुरा शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पहिलो सेवाग्राहीका रुपमा डडेल्धुराको माउन्टेन माविका शिक्षकलाई सर्टिफिकेट दिई वितरण गरिने कामको सुरुवात गरेका छन् ।

अब विद्यार्थी एवं विद्यालयहरुले कैलालीको धनगढीबाट सर्टिफिकेट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको र जिल्लाबाटै टिएमटि सर्टिफिकेट दिन सुरु गरेपछि सेवाग्राही पनि खुसी भएका छन् ।

प्रतिक्रिया

TOP