देउवाकै लाइनमा कोइराला : अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न सकिन्न

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपा आधिकारीक रुपमा विभाजन नभई एउटा समूहलाई कांग्रेसले साथ दिन नसक्ने स्पष्ट पारेका छन् ।

उनले नेकपा अझै विभाजन भइनसकेकाले कांग्रेस तटस्थ भूमिकामा रहने बताए ।

शनिबार विराटनगरमा नेपाल कर्मचारी युनियनले आयोजना गरेको बनभोज कार्यक्रममा कोइरालाले भने, ‘नेकपा अझै विभाजित भइसकेको छैन । त्यसैले कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा छ । यस्तो अवस्थामा कुनै एक समूहसँग मिलेर कांग्रेस अगाडि जाँदैन ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेकपा विभाजन नभई कांग्रेसले कुनै निर्णय नलिने बताउँदै आएका छन्।

नेकपा विभाजन भइसकेपछि मात्रै कांग्रेसले कसलाई सहयोग गर्ने भन्नेबारे आवश्यक निर्णय लिने देउवाको भनाई छ ।

कांग्रेस पदाधिकारी बैठकले पनि सभापति देउवाकै लाइन अनुसार निर्णय गरेको थियो ।

नेता कोइरालाले कांग्रेस महाधिवेशनमा जुट्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

TOP