
काठमाडौं : नेपाल अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ ।
संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।
नेपालसहित लाओस र बंगलादेश पनि विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएका हुन् ।
सन् २०२१ मा नेपाल विकासशील मुलुकका लागि सिफारिस भएपनि यसका लागि सन् २०१८ मै नेपाल योग्य भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नेपाल विकासशील राष्ट्रका लागि योग्य थियो ।
तर त्यतिबेला सरकारले तत्काल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस नगर्ने निर्णय गरेको थियो ।
देउवा सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीलाई पत्र लेखेर सन २०२१ मा मात्रै नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गर्न आग्रह गरेका थिए ।
‘सन् २०१८ मा प्राविधिक रुपमा नेपाल योग्य देखिएपनि सन् २०२१ मा मात्र स्तरोन्नति हुने गरी राष्ट्र संघीय प्रक्रियामा अघि बढाउने प्रस्तावलाई स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु,’ वाग्लेले पत्रमा लेखेका थिए ।
उनले दह्रो र दीगो आर्थिक बृद्धिको निरन्तरता र सम्माजनक औसत प्रति व्यक्ति आय बिना अल्प विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुन उपयुक्त नहुने सुझाव राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्षले वाग्लेले दिएका थिए ।
देउवा सरकारकै निर्णय अनुसार संयुक्त राष्ट्रसंघले सन् २०२१ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।
अबको ५ वर्षपछि सन् २०२६ मा राष्ट्रसंघीय प्रयोजनका लागि नेपाललाई ‘अल्पविकसित’ मानिने छैन।

प्रतिक्रिया