नेपाल अतिकम विकसितबाट विकासशीलमा मुलुकमा स्तरोन्नति लागि सिफारिस

काठमाडौं : नेपाल अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ ।

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।

विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि तीन वटा मापदण्ड पुरा गर्नुपर्दछ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांकमा आवश्यक मापदण्ड पुरा गरेपछि संयुक्त राष्ट्रसंघले विकासशील मुलुकमा स्तरोन्नति गर्ने गरेको छ ।

नेपालले प्रतिव्यक्ति आयको सूचकांकमा भने मापदण्ड पुरा गर्न सकेको छैन ।

नेपालसँगै लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस हुनुलाई सरकारको सफलताका रुपमा चर्चा गर्ने गरेको छ ।

Image

प्रतिक्रिया

TOP