
काठमाडौं : प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने भएको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
संसद बैठक सरकारको सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर बैशाख १७ र २३ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरेको थियो ।
तर संसद विघटनविरुद्ध सर्वाेच्च अदालतको परेको मुद्धामा सुनुवाई गर्दै संवैधानिक इजलासले सरकारको कदम खारेज गरेको थियो ।
सर्वाेच्चको फैसलासँगै संसद पुनर्स्थापना भएको हो ।
सर्वाेच्चले फैसाल भएको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो ।
अदालतको फैसला अनुसार सरकारले १२ औं दिनमा प्रतिनिधिसभा बैठक बोलाएको हो ।
प्रतिक्रिया