मंगलबार, कार्तिक २ २०७८

दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा

दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा


Nepal Manch
असोज २८ २०७८, बिहिबार

काठमाडौं : कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य कोलकत्ताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा भेन्कटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए ।

कोलकत्ताका वरुण चक्रवर्तीले २ विकेट लिए । लक्की फर्गुसन र शिबम माभीले १/१ विकेट लिए ।

अब फाइनलमा शुक्रबार कोलकत्ताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट