मंगलबार, कार्तिक २ २०७८

दिल्ली अदालत हमलामा संलग्न पाकिस्तानी अभियुक्त पक्राउ, झारफुक गरेरै डेढवर्ष बिताए

दिल्ली अदालत हमलामा संलग्न पाकिस्तानी अभियुक्त पक्राउ, झारफुक गरेरै डेढवर्ष बिताए


Nepal Manch
असोज २७ २०७८, बुधबार

एजेन्सी । भारतीय प्रहरीले नयाँदिल्लीस्थित उच्च अदालत अगाडि २०११ मा भएको बम हमलामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ।

दिल्ली प्रहरीले मोहम्मद असरफ नामका ती अभियुक्तलाई पाकिस्तानी आतंकवादी भएको जनाएको छ । पक्राउपछि उनीबारे केही प्रहरीले नयाँ रहस्य खुलासा गरेको छ।

प्रहरीका अनुसार सोधपुछको क्रममा असरफले उच्च अदालतमा हमला गर्नुअघि त्यस क्षेत्र वरपर रेकी गरेको स्वीकार गरेका छन् । यस्तै जम्मू कश्मीरमा आतंककारीहरुले आफ्नै अगाडि सैनिक जवानहरुको अपहरण गरेकोसमेत उनले वयानको क्रममा बताएका छन्।

भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार असरफ २००५ देखि २००६ मा डेढ वर्षभन्दा धेरै राजस्थानमा रहेको र त्यहाँ उनी झारफुक गरेर बसेको वयान दिएका छन्। राजस्थानको अजमेरमा उनले झारफुक गरेर लुकेर बसेको बताएका छन् ।

यसवाहेक उनी जोगीको पहिरनमा पनि केही क्षेत्रमा बसेको प्रहरीले बताएको छ । दिल्ली प्रहरीको अनुसन्धानको क्रममा मोहम्मद असरफको साथमा केही फर्जी परिचयपत्र समेत बरामद गरिएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट