मंगलबार, कार्तिक २ २०७८

गार्डलाई गोली हानी सिटिजन्स बैंक लुट्ने प्रयासमा संलग्‍न तीनजना पक्राउ

गार्डलाई गोली हानी सिटिजन्स बैंक लुट्ने प्रयासमा संलग्‍न तीनजना पक्राउ


Nepal Manch
असोज २७ २०७८, बुधबार

मोरङ । मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्‍न तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सनर्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा विराटानगर महानगरपालिका-८का ३२ वर्षीय श्‍याम मुखिया, भारत अररिया सेखपुरा-५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया-४ का ३० वर्षीय विजय सहनी (बायाँ तिघ्रामा गोली लागी घाइते भएका) रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ भने उक्त घटनामा संलग्‍न अन्‍य ६ जना व्‍यक्तिको खोजी भइरहेको छ ।

पक्राउ परेका उनीहरुको साथबाट घटनास्थलमा प्रयोग भएको पेस्तोल, ३ राउण्ड गोली र नोकिया कम्पनीको मोबाइल १ वटा बरामद भएको छ । लुटेरा समूहले बैंकका सुरक्षा गार्डलाई गोली हानेका थिए ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट