सोमबार, कार्तिक १ २०७८

आर्यनको जमानतमाथि आज पुनः सुनुवाई हुँदै

आर्यनको जमानतमाथि आज पुनः सुनुवाई हुँदै


Nepal Manch
असोज २७ २०७८, बुधबार

एजेन्सी : शाहरुख खानका छोरा आर्यन खानको जमानतको निवेदनमा आज मुम्बईकामे सेसन्स कोर्टमा सुनुवाई हुनेछ । क्रुज ड्रग्स पार्टी मामिलामा आर्यन १४ दिनको न्यायिक हिरासतमा छन्, उनलाई आर्थर रोड जेलमा राखिएको छ ।

शाहरुखले आर्यनका लागि मुम्बईका चर्चित वकिल अमित देसाईलाई नियुक्त गरेका छन्। उनी सतिश मानसिन्देसँग मिलेर यो केसको पैरवी गर्नेछन् । स्मरण रहोस्, देसाइले सन् २००२ मा सलमान खानलाई हिट एण्ड रन केसमा जमानत दिलाएका थिए ।

अर्कोतर्फ आर्यनलाई पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आज साढे ११ मा अदालतमा आफ्नो जवाफ पेश गर्नेछ । त्यसपछि आर्यनको जमानतमाथि सुनुवाई खाजा ब्रेकपछि अर्थात् दिउँसो करिब ३ बजेतिर हुनेछ ।

स्रमण रहोस्, यसअघि आर्यनको जमानतको निवेदन मेट्रोपोलिटन मजिस्ट्रेट कोर्ट अर्थात् किला कोर्टले खारेज गरिसकेको छ । क्रुज ड्रग्स पार्टी केसमा एनसीबीले आर्यनसमेत २० जनालाई पक्राउ गरेको छ । यसमा दुई विदेशी नागरिक पनि समावेश छन् ।

११ अक्टोबरमा भएको सुनुवाईको क्रममा एनसीबीले अदालतसमक्ष एक हप्ताको समय माग गरेको थियो । अदालतले एनसीबीलाई बुधबार अर्थात् आजसम्मको समय दिएको थियो । स्रोतका अनुसार एनसीबीले यो केसमा पक्राउ परेका केही अन्य आरोपीको अगाडि आर्यनलाई बसाएर सोधपुछ गर्नुपर्छ भन्दै आर्यनको जमानतको विरोध गर्नेछ ।

एनसीबीले गोवा जाँदै गरेको कार्डिलिया क्रुजमा छापामारीपश्चात् ३ अक्टोबरमा आर्यनलाई पक्राउ गरेको थियो । अदालतले न्यायिक हिरासतमा पठाएपछि उनी ८ अक्टोबरदेखि आर्थर रोड जेलमा छन् ।

एनसीबीले आर्यनबाट कुनै ड्रग्स भेटेको थिएन तर आर्यनले सोधपुछमा शौखको रुपमा आफूले ड्रग्स लिने गरेको स्वीकारेका थिए । उनका साथी अरबाज मर्चेन्टले जुत्तामा चरेस लुकाएको कुरा पनि सार्वजनिक भएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट