
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वाेच्च अदालतले उल्टाइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्क बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालयबाट मन्त्रिपरिषदका बारेमा सूचना आएपनि बैठकको एजेण्डा भने कुनै जानकारी नभएको ती मन्त्रीले बताए ।
सर्वाेच्च अदालतले संसद पुनर्स्थानाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो।
आजको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा बैठक आह्वनका लागि राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने अनमाुन गरिएको छ ।
हिजो साँझ प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच डेढ घण्टा लामो कुराकानी भएको थियो ।
प्रतिक्रिया