
काठमाडौं : मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
नेता जोशीलाई आइसियूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार जोशीको स्वास्थ्य अवस्था गम्भीर छ ।
उनको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
अतिसंवेदनशील भागमा रगत जमेकाले त्यसलाई पूर्ण रुपमा निकाल्न नसकिने चिकित्सकको भनाई छ ।
चिकित्सकका अनुसार तत्काल मस्तिष्कमा पर्ने चाप घटाउन सानो शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।
बिहीबार राति अकस्मात् शरीरको देब्रेपट्टि समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ ।
प्रतिक्रिया