यी कम्पनीका औषधि बिक्रि वितरणमा रोक लगायो सरकारले

काठमाडौं : सरकारले विभिन्न सात औषधि उत्पादक कम्पनीका आठ प्रकारका औषधी बिक्री वितरणमा रोक लगाएको छ ।

औषधि व्यवस्था विभागले नेपाली कम्पनीद्वारा उत्पादन गरिएका ८ ब्रान्डका औषधी बिक्री वितरणमा रोक लगाएको हो ।

औषधिहरु न्यून गुणस्तरका भएको भन्दै विभागले एक सूचना जारी गर्दै बिक्री वितरणमा रोक लगाएको हो।

प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन औषधी वितरणमा रोक लगाएको हो।

भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन औषधी, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको लेपिलेज १०, म्याग्नुस फर्मा बाराले उत्पादन गरेको आइरोगोनल २०० लाई बिक्री वितरणमा बन्देज लगाएको हो।

त्यस्तै एमटेक मेडले काठमाडौंले‌ उत्पादन गरेको आइएनसी ९४७ र आइएनसी ९४६, बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान २०० को बिक्रीमा पनि रोक लगाइएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

No description available.

प्रतिक्रिया

TOP