मंगलबार, कार्तिक २ २०७८

कामै नगर्ने मेयरलाई सम्मानको ओइरो

कामै नगर्ने मेयरलाई सम्मानको ओइरो

कामै नगरी बारम्बार सम्मानित भइरहनुले मेयर साहलाई झनै सजिलो भएको बताउँछन यहाँका नागरिक अगुवाहरुले


आदित्य नेपाल
असोज २६ २०७८, मंगलबार

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह कामै नगरी सम्मानित हुँदै आएका छन्। उपमहानगरमा कुनै प्रकारको विकासै नगरी उनलाई सम्मानको ओइरो आउन लागेको हो ।

हिजै सोमबार मेयर साह राजदेवी मन्दिरमा आयोजक संस्था महाबीर युवा कमिटीद्वारा गरिएको सम्मान ग्रहण गरेका छन् । तर मेयर साहलाई कमिटिले केको आधारमा सम्मान गर्यो भन्ने कुराको लेखाजोखा छैन। यसरी मेयर साह कामै नगरी सम्मान कसरी पाइरहेका छन् ? भन्ने प्रश्न धेरैले गरिरहेका छन्।

कामै नगरी बारम्बार सम्मानित भइरहनुले मेयर साहलाई झनै सजिलो भएको बताउँछन यहाँको नागरिक अगुवाहरुले । उपमहानगरमा जताततै फोहोरको डङुर, अव्यवस्थित नाला/सडक, सहरभित्र धुवाँ/धुलो र अनियन्त्रीत चोपाया सडकमै सुतिरहँदा पनि मेयर साहलाई सम्मान पाउन भ्याइनभ्याइ जस्तो छ।

“कामै नगर्ने मेयरलाई सम्मान दिने कस्तो सहर हो जनकपुर ?” भनेर गैरजनकपुरियाहरु पनि प्रश्न गर्ने गर्छन्। तर जनकपुरबासीलाई यो कुराले खासै छोएको छैन।

​जनकपुरमा स्थानीय सरकारको उपस्थिती र संलग्नता शून्य रहेको बुझिन्छ किनभने जनकपुरका जनता अझैसम्म स्थानीय सरकारको उपस्थितिलाई महसुस गर्न सकेका छैन्न । पटकपटक अख्तियार र अन्य निकायको आँखामा परेपनी मेयर साह अझै सेफ छन् ।

विगत ४ वर्षदेखि जनकपुर उपमहानगरमा बजेटको दुरुपयोग बाहेक केही भएको छैन । तर पनि मेयर साह विभिन्न कार्यक्रममा प्रमुख अतिथिको दर्जा पाइरहनुका साथसाथै सम्मानित पनि हुँदै आएका छन् ।

प्रत्येक कामकारबाहीमा मेयरलाई २० प्रतिशत पिसि (पर्शनल कमिसन) चाहिन्छ अर्थात काम हेरिहेरि पिसिको प्रतिशत पनि बढ्ने गर्छ । जसले मेयरलाई पिसि दिन्छ उसैले उपमहानगरपालिकामा काम पाउने गरेको त्याँहाको कर्मचारीहरु बताउँछन् ।

जनकपुर धाम उपमहानगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को वित्तिय विवरण र त्यससँग सम्बन्धित आय-व्यय विवरण तथा लेखा टिप्पणीहरुको लेखापरिक्षण यस प्रकारको रहेको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट