
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
उनीहरु दुईबीच डेढ घण्टा लामो कुराकानी भएको बताइएको छ ।
संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपति बीच भेटवार्ता भएको हो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बिहीबार साँझ भेटवार्ता भएको हो ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गरेकी थिइन् । राष्ट्रपतिको उक्त कदमको चौतर्फी आलोचना भएको थियो ।
अदालतले १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसद बैठक कहिले बोलाउने भन्नेबारे छलफल भएको बुझिएको छ ।
संसद पुनर्स्थापनासँगै प्रधानमन्त्री ओलीको विकल्प खोज्न नेकपाकै प्रचण्ड-नेपाल समूह सक्रिय छ।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई हटाएसँगै राष्ट्रपति भण्डारीलाई पनि महाअभियोग लगाउने रणनीति बनाएको छ ।
प्रतिक्रिया