सोमबार, कार्तिक १ २०७८

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन अवरुद्ध

हुम्लाको सिमकोटमा एक महिनादेखि टेलिफोन अवरुद्ध


Nepal Manch
असोज २५ २०७८, सोमबार

सिमकोट । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित नेपाल टेलिकमको टावर एक महिनादेखि बिग्रिएका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ ।

दसैँ, तिहार जस्तो समयमा पनि टेलिकमले टावर नबनाउँदा हजारौं सेवाग्राही सञ्चार सुविधाबाट बन्चित भएका छन् ।

सिमकोट गाउँपालिका वडा नम्बर १ देखि ३ र खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार सुविधाबाट बन्चित भएका हुन् ।

२ देखि २२ भदौसम्म हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नम्बर ३ बरगाउँमा रहेको टावरले काम गर्न छाडेको स्थानीय हेमन्त बोहराले बताए ।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर चल्ने नत्र काम नगर्ने स्थानीयको भनाइ छ ।

उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोध समेत गरेका छन् ।

अहिले जिल्लामा सेवाग्राही सञ्चार सुविधाबाट बञ्चित नहुन भनेर जेनेरेटर चलाएर केही सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जनाएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट