सोमबार, कार्तिक १ २०७८

नेपालमा कोरोना संक्रमणदर ५ प्रतिशत तल

नेपालमा कोरोना संक्रमणदर ५ प्रतिशत तल


Nepal Manch
असोज २५ २०७८, सोमबार

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता आइतबार संक्रमण दर सबैभन्दा कम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण दर ५ प्रतिशत भन्दा कम देखिएको हो।

आइतबार कुल १२ हजार ४ सय ४ जनाको परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो तथ्यांकले संक्रमण दर दोस्रो लहरको सुरुवात पछिकै दैनिक संक्रमण दर कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबार कुल परीक्षणदरको ४ दशमलब ८ प्रतिशतमा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

दोस्रो लहरको कोरोना संक्रमण कम हुँदै जानु खुसीको कुरा भएको भन्दैँ मन्त्रालयलले अझैपनि कोरोना संक्रमण दर शून्यमा नझरेकाले संक्रमण रोकथाम, नियन्त्रणका लागि सबैले जनस्वास्थ्यको मापदण्डलाई पालना गर्न आग्रह गरेको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट