मंगलबार, कार्तिक २ २०७८

पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई

पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई


Nepal Manch
असोज २५ २०७८, सोमबार

पोखरा । पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ ।

मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहेका छन् ।

जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन् ।

मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो ।

योसँगै जिसीले कार्यकक्षबाटै दसैं र चाडवाडको शुभकामना दिएका छन् ।

उनको स्वास्थ्य केही सुधार भएको छ ।

सहयोगीको सहयोगमा उनी सोमबार महानगर पुगेका हुन् ।

उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरेका छन् ।

करिब एक घन्टा कार्यालयमा बिताएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट