सत्ता सहकार्यका लागि प्रचण्ड-नेपालको दौडधूपः जसपाका नेताहरुसँग भेटर्वाता

काठमाडौं : संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलापछि नेकपा प्रचण्ड-नेपाल समूहले भावी सत्ता समिकरणका लागि विभिन्न दलहरुसँगको छलफललाई तीब्रता दिएको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रचण्ड र नेपालले पेरिसडाँडामा छलफल गरेका हुन् ।

बुधबार प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर सत्ता समिकरणका लागि प्रस्ताव गरेका थिए ।

तर देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए।

प्रतिक्रिया

TOP