
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नर्सका लागि जागिर खुलेको छ ।
करार सेवामा आवेदन आह्वान गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रष्तिष्ठानले १५ नर्सका लागि विज्ञापन आह्वान गरेको हो।
आइसियू, एनआइसियू यूनिट र बर्थिङ सेन्टरका लागि पाँचौ तहको स्टाफ नर्सको माग गरिएको हो ।
आवेदनका लागि आइसियू, एनआइसियू यूनिटमा एक वर्षको काम गरेको अनुभव वा तीन महिनाको तालिम लिएको प्रमाणपत्र आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ ।
आवेदन बुझाउने अन्तिम मिति फागुन २० गतेसम्म प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बुझाइसक्नुपर्ने छ भने आवेदन फारम प्रतिष्ठानको वेवसाइट www.kahs.edu.np बाट डाउनलोड गर्नसकिने छ ।

प्रतिक्रिया