ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकको अर्काे मिति भने तोकिएको छैन ।

ओली समूहको बुधबार पनि स्थायी कमिटी बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको जानकारी दिए।

उनले केही दिनमा बैठक बस्ने बताए ।

प्रतिक्रिया

TOP