नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (ओली) समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधबार पनि स्थायी कमिटी बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो ।

बैठकमा तत्कालीन राजनीतिक अवस्थाबारे छलफल भइरहेको र आगामी रणनीति तय गर्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेकपा (दाहाल-नेपाल) समूहको १२ फागुनमा संसदीय दलको बैठक बसेको थियो। नेकपाले सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन दिएको छ।

संसद् पुनःस्थापना भएसँगै ओलीलाई प्रधानमन्त्री पद छाड्न चौतर्फी दवाव छ । तर ओलीले सहजै राजीनामा दिने मनस्थिति बनाएका छैनन् ।

फागुन २४ गतेभित्र संसद् बैठक बोलाउनुपर्ने बाध्यता छ । सर्वाच्चले संसद पुनस्र्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

TOP