मंगलबार, कार्तिक २ २०७८

गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि नारायणकाजीले खोले मुख

गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि नारायणकाजीले खोले मुख


Nepal Manch
असोज २४ २०७८, आइतबार

धनुषा । नेकपा माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएपछि त्यस विषयमा मुख खोलेका छन् ।

उनले जनताका भावना विपरित मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताए।

नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए ।

जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भएपनि जनताको ‘म्यान्डेट’ अनुसार राजनीनामा गर्ने अवस्था आएको बताए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट