काठमाडौं : आज नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
सर्वाेच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई खारेज गरिदिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएको हो ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने जनाइएको छ ।
दिउसो ३ बजे बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारीलाई समेत बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
मुख्य सचिव पौडेलका अनुसार कांग्रेस पदाधिकारी बैठकमा संसद् पुनःस्थापनाको राजनीतिक घटनाक्रम, भावी रणनीति र नेकपा (दाहाल-नेपाल) समूहको प्रस्तावबारे छलफल हुनेछ।
१२ फागुनमा कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए।
त्यहि प्रस्तावमाथि छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बोलाइएको हो। जसमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ।
सरकार गठनमा कांग्रेस निर्णायक रहेको छ।