२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
आफ्नो समूहका सांसद्लाई उपत्यका नछोड्न प्रचण्ड-नेपाल समूहको निर्देशन
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन १२ बुधबार
  •  
  •  
  •  
  •  

56

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदलाई तत्काल काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा भएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले आफ्नो समूहका सांसदलाई यस्तो निर्देशन दिएका हुन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै राजनीतिक भेटवार्ता र छलफललाई तिब्रता दिएका प्रचण्ड र नेपालले यस्तो निर्देशन दिएका हुन् ।

बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले छ ।

सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराउँदै अध्यक्षद्वयले उपत्यका नछोड्न निर्देशन दिएको पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा उपस्थित सांसदलाई अतिआवश्यक परेमा जानकारी गराएर मात्र उपत्यका बाहिर जान भनिएको छ ।

बैठकमा अध्यक्षद्वयले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका छन् ।

भर्खरै