सोमबार, कार्तिक १ २०७८

गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ

गैरकानूनी रूपमा अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रावासी ग्वाटेमालामा पक्राउ


Nepal Manch
असोज २४ २०७८, आइतबार

एजेन्सी । एउटा कन्टेनरभित्र अलपत्र अवस्थामा छोडिएका नेपालसहित विभिन्न देशका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्दार गरेको छ ।

कन्टेनरभित्र ठूलो स्वरमा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

अमेरिका लैजाने भनेर ठूलो रकम असुलेर मानव तस्करको एउटा समूहले उनीहरूलाई अलपत्र छोडिदिएको हुन सक्ने ग्वाटेमाला प्रहरीले अनुमान गरेको छ ।

उद्दार गरिएकामध्ये १०० जना संकटग्रस्त हेइटीका नागरिक भएको बुझिएका छ ।

बाँकी नेपाल, घाना र अन्य देशका नागरिक छन् ।

‘चिच्चाएको आवाज सुनेपछि कन्टेनरको ढोका खुल्दा गैरकानूनी रुपमा प्रवेश गरेका १२६ जनालाई देख्यौं,’ ग्वाटेमालका प्रहरी प्रवत्ताले भने ।

उनीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट