‘प्रधानमन्त्रीलाई संसद विघटन नगर्नूस् भनेको थिए, तर मान्नुभएन’ : सुवास नेम्वाङ

काठमाडौं : संविधानका सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन नगर्न सुझाव दिएको खुलासा गरेका छन् ।

संसद विघटनबारे सर्वाेच्च अदालतको फैसला आएको भोलिपल्ट मात्रै बोल्ने अडान राख्दै आएका नेम्वाङले आफूले संसद विघटन नगर्न सुझाव दिएको बताए ।

‘मैले प्रधानमन्त्रीज्यूलाई संसद विघटन नगर्नूस्, यो राजनैतिक र संवैधानिक दुबै हिसावले गलत हुन्छ भनेको थिएँ,’ सर्वाेच्चको फैसला आएको भोलिपल्टै सञ्चारमाध्यमसँग उनले भने, ‘तर प्रधानमन्त्रीज्यूले मान्नुभएन ।’

प्रधानमन्त्रीले अरु विकल्प नभएकाले संसद विघटन गर्नुपरेको कुरा आफूसँग गरेको नेम्वाङले बताए ।

उनले सर्वाेच्चको फैसलाले संविधानको व्यवस्थालाई थप बलियो बनाएको र असल नजीर स्थापित गरेको बताए ।

‘मैले यसअघि पनि संसद विघटनबारे धारणा राख्दै आएको थिए तर कानुनको विद्यार्थीको नाताले अदालतमा विचाराधीन विषयमा बोल्नुहुँदैन भन्ने भएकाले म मौन रहेको हुँ,’ उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सर्वाेच्च अदालतले मंगलबार उल्टाउने फैसला गरेको थियो ।

यसबीचमा संविधान निर्माणको अगुवाई गरेका संविधानसभाका अध्यक्ष नेम्वाङको मौनतालाई लिएर धेरैले आलोचना गरेका थिए ।

प्रतिक्रिया

TOP