
एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो समाजिक सञ्जालमा एउटा पोस्टर पोष्ट गर्दै भनेकी छन्, ‘३० जुलाईमा सिनेमाघरमा गंगूबाई काठियाडी ।’
पोस्टरमा आलिया भट्ट कुर्सीमा खुट्टा फिजारेर बसेकी छन् । जसमा उनले हलुका रङ्गको कपडा, आँखामा मोटामोटा गाजल र निधारमा ठुलो टिका लगाएकी छन् ।
उनी तस्विरमा निकै दमदार देखिएकी छन्।
सञ्जय लीला भन्सालीको जन्मदिनको मौका पारेर फिल्मको रिलिज डेट सार्वजनिक गरिएको हो ।
सोही दिन फिल्मको पोष्टर पनि सार्वजनिक गरिएको थियो । फिल्मको टिजर २४ फेबु्रअरीकै दिन रिलिज भएको छ।
फिल्ममा आलिया भट्टले डनको भुमिकामा छन् ।
फिल्म गंगुबाई काठियावाडीको कथा ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित रहेको छ । किताबका लेखक हुसैन जैदी हुन् ।
भारतीय मिडियाका अनुसार संञ्जयले यो फिल्ममा पनि एउटा आकर्षक नृत्य रहने बताएका छन् ।
फिल्मको सुटीङ फेबु्रअरी तेस्रो हप्ताबाट सुरु गर्ने बताइएको छ ।
प्रतिक्रिया