काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।
उनले ओलीलाई अहिलेको जटिल राजनीतिको सहज अवतरणका लागि राजीनामा दिन सुझाव दिए ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘कि राजीनामा दिनूस् नत्र बहुमत पुष्टि गर्नुस् ।’
उनले कांग्रेस नेकपा विभाजन होस् भन्ने पक्षमा पनि नरहेको बताए ।
‘नेकपा विभाजन भयो, अब कांग्रेसलाई सजिलो हुने भयो भनेर हामी सोच्दैनौं, नेकपा नफुटोस् भन्ने नै हामी चाहन्छौं,’ उनले भने ‘तर अब प्रचण्ड न-पाल के गर्छन् । त्यसमा भर पर्छ ।’
पूर्वप्रधानमन्त्री देउवाले सर्वाेच्चको फैसलाले संसदीय व्यवस्थालाई थप बलियो बनाएको उल्लेख गरे ।
कांग्रेस संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेको बताए ।
उनले संसद विघटन विरुद्ध सर्वाेच्चमा मुद्धा परेपछि अदालतले स्टे अर्डर दिने विश्वास आफूले गरेपनि त्यसो नहुँदा आशंका उब्जिएको खुलाए ।
‘मैले त अदालतले स्टे अर्डर दिन्छ होला भन्ने सोचेको थिए। तर नदिएपछि अब के हुन्छ भनेर मैले पनि आशंका गरेको हुँ,’ देउवाले सुनाए, ‘त्यसपछि निर्वाचन भएपनि स्वीकार्ने, संसद पुनस्र्थापना भएपनि स्वीकार्ने कुरा गरेको हुँ ।’