सोमबार, कार्तिक १ २०७८

‘सजिलो पे’ बन्यो नेपालकै पहिलो बहुभाषिक पेमेन्ट एप

‘सजिलो पे’ बन्यो नेपालकै पहिलो बहुभाषिक पेमेन्ट एप


Nepal Manch
असोज २३ २०७८, शनिबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी ‘सजिलो पे’ ले नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा नेपालमै पहिलो पटक विभिन्न भाषामा आफ्नो पेमेन्ट एप बजारमा ल्याएको छ। सजिलो पे ले अहिले दश वटा भाषामा सेवा सुविधा दिने भएको छ ।

सजिलो पे एप हाल नेपाली, अङ्ग्रेजी, मैथिली, थारु, तामाङ, नेवारी, मगर, गुरुङ्ग, राई, लिम्बु,शेर्पा र डोटेली भाषामा उपलब्ध छ । सजिलो पे ले छिट्टै नै अन्य भाषाहरुमा पनि एप सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उक्त एप हाल एप चलाउन नभै नहुने निर्देशन/अनुरोधलाई विभिन्न भाषामा राखेको छ । यसै सबन्धमा सजिलो पे एपमा नेपाली भाषामा एपमा प्रयोग गरिएको वाक्य तथा शब्दावलीको विवरण समेत राखेको छ ।

यस एपमा रहेको नेपाली र अङ्ग्रेजी बाहेक अरु दशवटा भाषामा केही भाषिक त्रुटी हुन सक्ने कुरालाई मध्यनजर गरी सजिलो पे ले प्रथम योजना अन्तर्गत विद्यमान भाषामा कुनै त्रुटि पत्ता लगाएर एपमै सच्याई पठाउने प्रयोगकर्ताहरु मध्येलाई गोला प्रथाद्धारा प्रत्येक भाषाका १ जना गरी कुल १० जनालाई रु.दुई हजारको दरले पुरस्कार प्रदान गर्ने छ ।

दोस्रो योजना अन्तर्गत विद्यमान भाषामध्ये पनि कतिपय शब्द तथा वाक्य अझै सम्बन्धित भाषामा परिवर्तन गर्न बाँकी भएकोले सो भाषामध्ये कुनै पनि एक वा एक भन्दा धेरै भाषा पूर्णरुपमा अनुवाद गर्ने प्रयोगकर्ताहरुमध्येबाट गोलाप्रथाद्धारा प्रत्येक भाषाका २ जना गरी कुल २० जनालाई रु चार हजारको दरले पुरस्कार प्रदान गर्ने छ ।

त्यसैगरी, तेस्रो योजना अन्तर्गत एपमा रहेका विद्यमान भाषा बाहेक नेपालको अरु कुनै भाषामा एपमा रहेको वाक्य तथा शब्दावली अनुवाद गरेर पठाउनेमध्ये भाषिक शुद्धता र पहिलो प्राथमिकता क्रम अनुसार प्रत्येक भाषामा पहिलो ३ जनालाई रु. सात हजारको दरले पुरस्कार स्वरुप प्रदान गर्ने छ । यस योजनामा पनि विजेताहरु धेरै भएको खण्डमा गोला प्रथाद्धारा विजेता छनौट गरिने छ ।

यस एपबाट देशभरका सम्पूर्ण भाषाभाषीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सजिलो पे योजनाका बारेमा थप जानकारी चाहिएमा कम्पनीको सम्पर्क नं. ०१–४४१२३८९ वा ईमेल ठेगाना – [email protected] मा सम्पर्क गर्न सकिने छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट