२०७८, ५ बैशाख आईतवार
Nepal 1:37:26 pm
Trending
#काेराेना एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधव कुमार नेपाल माधवकुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा रामचन्द्र पौडेल रेशम चौधरी वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
मेडिकल काउन्सिलको परीक्षामा एमबिबिएसतर्फ ५५ र बिडिएसमा ४४ प्रतिशत मात्रै उत्तिर्ण
नेपालमञ्च संवाददाता
२०७७ फाल्गुन १२ बुधबार
  •  
  •  
  •  
  •  

170

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा एमबिबिएस (मेडिकल) तर्फ जम्मा ५५ दशमलव ७ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् ।

त्यस्तै बिडिएस (डेन्टल)मा ४४ दशमलव ८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
फागुन ९, १० र ११ गते एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा भएको थियो ।

मेडिकल काउन्सिलका अनुसार एमबिबिएस तर्फबाट १ हजार १ एक ६४ जनाले परीक्षा दिएकोमा ६५४ जना उत्तिर्ण भएका छन् ।

त्यस्तै बिडिएसमा २ सय १० जना परीक्षार्थी रहेकोमा ९४ जनाले मात्रै लाइसेन्स परीक्षा उत्तिर्ण गरेका छन् ।

प्रकाशित नतिजा अनुसार एमबिबिएसतर्फ ५ सय १० जना र बिडिएसतर्फ १ सय १६ जना अनुतिर्ण भएका छन् ।

परीक्षामा उत्तिर्ण भएका र एक वर्षको इन्टर्नसीप पूरा गरेकाहरूले नतिजा प्रकाशित भएको ३५ दिनभित्र काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने जनाइएको छ।

No description available.

भर्खरै