
काठमाडौं : नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त सरकार गठनका लागि कांग्रेसलाई औपचारिक रुपमा प्रस्ताव गरेका छन् ।
आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्षद्वयले मिलेर सरकार बनाउने प्रस्ताव गरेका हुन् ।
जवाफमा कांग्रेस सभापति देउवाले आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताए ।
प्रचण्ड र नेपाल कांग्रेस सभापति देउवा भेट्न बुढानिलकण्ठ पुगेका हुन्।
प्रचण्ड र नेपाल सम्भावित सत्ता सहकार्यबारे छलफल भएको बताइएको छ ।
प्रचण्ड र नेपालले सार्वजनिक रुपमै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने बताउँदै आएका थिए ।
नेकपा दुई समूहमा विभाजित भएपछि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देउवासँग सत्तासाझेदारी गर्ने प्रचण्ड नेपालको तयारी छ ।
तर कांग्रेस सभापति देउवाले भने अहिलेसम्म कुनै पनि औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।
प्रतिक्रिया